‘कोर मधेस’मा ओली क्रेज, उखरमाउलो गर्मीमा हजारौँ ओइरिए (तस्बिरहरू) – Nepal Press

‘कोर मधेस’मा ओली क्रेज, उखरमाउलो गर्मीमा हजारौँ ओइरिए (तस्बिरहरू)

जनकपुरधाम । नेकपा एमालेले मधेशमा आफ्नो पकड जमाउन थालेको छ । कुनै समय एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई मधेश विरोधीको आरोप लाग्ने गरेको थियो । तर शनिवार ओली जनकपुर पुग्दा देखिएको भीडले त्यसलाई गलत साबित गरिदिएको छ ।

शनिवार ओली मधेश झर्दा जनकपुरमा जसपाका केहि कार्यकर्ता कालो झन्डा देखाउने प्रयास गरे ।

तर विरोधका बाबजुद अध्यक्ष ओली जनकपुरबाट रेल चढेर एमालेद्वारा धनुषाको तिन कोरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पुगे । आज चर्को घाम लागेको छ, त्यसैले अत्यधिक गर्मी छ ।

एक मधेश विरोधीको आरोप र अर्को उखरमाउलो गर्मीले कार्यक्रम प्रभावित हुने धेरैको अनुमान थियो । यद्यपि ओलीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता र सर्वसाधारण उर्लिएका छन् ।

ओली कार्यक्रमस्थल पुग्दा ठूलाे संख्यामा उपस्थित कार्यकर्ता र सर्वसाधारणले एकसाथ केपी ओली जिन्दाबादको नारा लगाएका थिए । स्टेजमा पुगेपछि ओलीलाई ३०५ किलोको मालाले स्वागत गरियो ।


प्रतिक्रिया

One thought on “‘कोर मधेस’मा ओली क्रेज, उखरमाउलो गर्मीमा हजारौँ ओइरिए (तस्बिरहरू)

Leave a Reply to Yk Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर