नेपाल स्काउट्सको ‘हेरिटेज साइक्लिङ’ – Nepal Press

नेपाल स्काउट्सको ‘हेरिटेज साइक्लिङ’

काठमाडौं । नेपाल स्काउट्सले अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा हेरिटेज साइक्लिङ र पिस वाक कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न विश्व सम्पदा स्थलहरूबाट ७०० भन्दा बढी स्काउटहरूले साइकल र पैदल यात्रा गरेका हुन् । काठमाडौं दरबार स्क्वायरमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न शान्ति वाचाहरू प्रयोग गरी आफ्ना प्रतिबद्धताहरू देखाउँदै विभिन्न शान्ति सन्देशहरू प्रवर्द्धन गरिरहेका थिए।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटहरू शान्तिका दूत भएकाले हरेक दिन असल कामका लागि सानातिना प्रयास गरेर शान्ति प्रवर्द्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय तदर्थ समिति सदस्य बिजेन्द्र ध्वजु, निर्देशक रामप्रसाद भट्टराई बागमती प्रदेश संयोजक शिवराम अर्याललगायत पालिका संयोजकको नेतृत्वमा सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर