टिकट नपाउनेलाई गृहमन्त्री खाँडको सन्देश- सबैलाई पुग्दैन शान्त भएर बस्नोस्, भोलि पालो आउँछ – Nepal Press

टिकट नपाउनेलाई गृहमन्त्री खाँडको सन्देश- सबैलाई पुग्दैन शान्त भएर बस्नोस्, भोलि पालो आउँछ

रुपन्देही । नेपाली कांग्रेका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले पार्टी ठूलो र नेता धेरै भएकाले सबै आकाङ्क्षीलाई टिकट सम्भव नभएकाले पार्टी निर्णयलाई मानेर पालो पर्खन आग्रह गरेका छन् ।

शनिवार गृह जिल्ला रुपन्देहीमा आयोजित कार्यक्रममा उनले टिकट पाउने जित्न र नपाउने जिताउने गरी निर्वाचनमा खटिन आग्रह गरेका छन् ।

निर्वाचनमा सबै उम्मेदवार बन्न सम्भव नरहेकाले राजनीतिक व्यक्तिले बुद्धको जीवनीबाट सिकेर शान्त बस्नुपर्ने बताउँदै उनले भने– अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्नेछ ।

गौतम बुद्धको जस्तै भावना लिएर अगाडि बढे राजनीतिमा एक दिन सफलता मिल्ने उनको दाबी छ ।

खाँडले आकाङ्क्षीहरू धेरै भएकाले सबै उम्मेदवार बन्न नसक्ने असम्भव हुने भन्दै टिकट पाएका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे । मन्त्री खाँणले सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने तर्क गरे ।

भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको उद्घाटन गर्दै गृहमन्त्री खाँणले शताब्दी पुरुष सत्यमोहन जोशीको आजीवन रेखदेख, औषधोपचार सरकारले गर्ने प्रतिबद्धता पनि जनाए ।


प्रतिक्रिया

One thought on “टिकट नपाउनेलाई गृहमन्त्री खाँडको सन्देश- सबैलाई पुग्दैन शान्त भएर बस्नोस्, भोलि पालो आउँछ

  1. तिमीले म अब टिकट लिन्न भन्ने हिम्मत गर । अर्कोलाई अर्ति किन ? आफू जिन्दगीभर नछोडने अरूलाई अर्ति ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर