आफ्नो पालामा ल्याइएको रेलमा टिकट काटेर ओली सरर महिनाथपुरतर्फ (तस्बिरहरु) – Nepal Press

आफ्नो पालामा ल्याइएको रेलमा टिकट काटेर ओली सरर महिनाथपुरतर्फ (तस्बिरहरु)

जनकपुरधाम । रेल र पानीजहाज भन्नने बित्तिकै केपी शर्मा ओलीको नाम अगाडि आउँछ । नेपालीलाई रेल र पानीजहाजको सपना देखाएको आरोप खेप्ने गरेका ओली शनिवार आफ्नै सरकारका पालामा किनिएको र पुनः सन्चालनमा ल्याइएको रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियातर्फ लागे ।

जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर पार्टी प्रवेश कार्यक्रमतर्फ लागे । धनुषा क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरिया लोसपा त्यागेर एमाले प्रवेश गर्ने कार्यक्रमका लागि ओली दुई साताभित्रै दोस्रोपटक जनकपुर पुगेका हुन् ।

ओली जनकपुरबाट रेल चढेर महिनाथपुर स्टेनशनमा उत्रिएका छन् । उनीसँगै सीटमा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतो बसेकी थिइन् भने अरु नेता पनि रेल चढेरै कार्यक्रमस्थल पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर