दुई विधेयक अध्यादेशबाट अघि बढाउने सरकारको निर्णय – Nepal Press

दुई विधेयक अध्यादेशबाट अघि बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र विद्युत विधेयकलाई अध्यादेशमार्फत अघि बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

‘अहिले संसद अधिवेशन पनि अन्त्य भएको अवस्था छ । यस्तो अवस्थामा उक्त विधेयक राष्ट्रिय सभामा पेश हुन नसक्ने देखिएकाले सरकारले अध्यादेशका रुपमा अघि बढाउने निर्णय गरेको हो ।’ ती मन्त्रीले भने ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिवेशन अन्त्य गरेको अवस्थामा सरकारले दुई वटा विधेयकलाई अध्यादेशका रुपमा अघि बढाउने निर्णय गरेको हो । प्रतिनिधि सभाबाट केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भए पनि राष्ट्रिय सभामा पेश हुन सकेको थिएन ।

उक्त विधेयक प्रतिनिधि सभामा भदौ १७ गते दर्ता १८ गते प्रतिनिधि सभाका सदस्यलाई वितरण भएको थियो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले प्रतिनिधि सभामा पेश गरेको उक्त विधेयक संसद अधिवेशन अन्त्य हुनु अघि नै बहुमतले पारित भएको थियो ।

यस्तै विद्युत विधेयक राष्ट्रिय सभामा २ वर्ष अघि २०७७ असार १८ गते तत्कालिन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीले दर्ता गराएका थिए । उक्त विधेयक २०७७ असार २१ गते राष्ट्रिय सभाका सदस्यलाई वितरण भएको थियो । त्यसपछि राष्ट्रिय सभामा एक वर्ष अघि २०७८ साउन २० गते पेश भएर २४ गते सामान्य छलफल भएको थियो । सोहि महिनाको २८ गते समितिमा दफाबार छलफलका लागि पेश भएर २०७९ साउन ५ गते समितिले राष्ट्रिय सभामा प्रतिवेदन पेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर