लुम्बिनीमा पर्यटक लोभ्याउने आकर्षक प्याकेज – Nepal Press

लुम्बिनीमा पर्यटक लोभ्याउने आकर्षक प्याकेज

रुपन्देही । लुम्बिनी आउने विदेशी पर्यटकलाई आकर्षण गर्न पर्यटन व्यवसायी तथा सरोकारवाला निकायले आकर्षक प्याकेज सार्वजनिक गरेका छन् । विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष अफरका प्याकेज घोषणा गरिएको हो ।

‘पर्यटनको लागि पुर्नविचार’ गरौं भन्ने मूल नाराका मनाउन थालिएको विश्व पर्यटन दिवसलाई विशेष महत्व दिँदै पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनीको अगुवाईमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहकार्यमा त्यस्तो प्याकेजको घोषणा गरिएको हो ।

विश्व पर्यटन दिवसलाई सफल पार्न पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिले कार्यक्रमबारे जानकारी दिन नेपाल र भारतका पत्रकारहरु सहभागी गराएर अन्तरसंवाद गरेको छ ।

पर्यटनको लागि पुर्नबिचार गरौ (रिथिंङकीङ टुरिज्म) भन्ने अभियानका साथ विश्वभर यस बर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते विश्व पर्यटन दिवस मनाउन थालिएको हो । सोहीअनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताए ।

असोज ११ गतेका दिन स्थल मार्ग हुँदै बढी पर्यटक भित्रिने बेलहिया र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल भैरहवामा सबैभन्दा पहिले आउने विदेशी चार जना पर्यटकलाई सम्मान गर्ने तथा होटल र ट्राभलमा शतप्रतिशत निःशुल्क उपलब्ध गराउने गरी पर्यटन व्यवसायीले समेत पर्यटनमैत्री प्याकेज घोषणा गरेका छन् ।

यसैगरी सरकार र व्यवसायीहरुले ६ महिनासम्म विशेष अफर दिने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकारद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिका संयोजक चन्द्रप्रकाश श्रेष्ठले विदेशी पर्यटकलाई आकर्षण गर्न यस्ता प्याकेज बनाइएको बताए । पहिले आउने पर्यटकलाई तारे होटलमा आवास, खाना र पर्यटकीय गन्तब्यमा घुम्नको लागि गाडीको निशुल्क व्यवस्था गरिएको उनले बताए ।

पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकहरुलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताए । नेपाल एशोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट –नाट्टा) लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले पर्यटकहरुलाई सहज रुपमा नेपाल घुमाउने र खुसीखुसीका साथ स्वदेश फर्काउनेगरी तयारी गरिहेको बताए ।

भारतको उत्तरप्रदेशको गोरखरपुर, कुशीनगर, देवरीया, सन्तकबिर नगर, सिद्धार्थनगर, महाराजगन्ज, बस्ती र सुनौलिदेखि बिबीसी हिन्दी गोरखपुर प्रमुख पवन शाहको नेतृत्वमा भारतीय विभिन्न टेलिभिजन, अखबारमा कार्यरत २५ जना पत्रकारहरु सहभागी भएको विश्व पर्यटन दिवस मूल समारोह लुम्बिनी सदस्य पत्रकार माधब ढुंगानाले बताए ।

बिबिसी हिन्दीका पवन शाहले नेपाली पर्यटन क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनको लागि दुबै देशका पत्रकारहरुले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने सुझाव राखेका थिए । पर्यटन दिवसको अवसरमा रुपन्देहीका होटलहरुले २० प्रतिशत छुट दिने भएका छन् । यसैगरी रात्रीकालिन बजार, टुर प्याकेजलाई पनि विशेष प्राथमिकतामा राख्नेगरी कार्यक्रम अगाडि बढाउने व्यवसायीहरुले घोषणा गरेका छन् ।

बेलहियामा विगत दशकदेखि हरेक बर्ष सेप्टेम्बर २७ का दिन पर्यटन सम्बन्धि विभिन्न गतिबिधि गरेर यो दिवस मनाउने गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको विश्व पर्यटन दिवस मूल समारोह समिति लुम्बिनीका सदस्य नरेश केसीले बताए ।

सो अवसरमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, पर्यटन डिभिजन कार्यलय प्रमुख मुक्ती पाण्डे, महाराजगन्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी, पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भुवन कार्की, भारत नेपाल मैत्री समाज गोरखुपुरका अध्यक्ष अनिल गुप्ता, नेपाल भारत मैत्री संघ बेलहियाका अध्यक्ष श्रीचन्द गुप्तालगायतले पर्यटन क्षेत्रलाई बलियो बनाउन विभिन्न सुझाव राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर