टेनिस कोर्टबाट बिदा भए फेडेरर – Nepal Press

टेनिस कोर्टबाट बिदा भए फेडेरर

काठमाडौं । शनिबार बिहान लाभर कपमा हार बेहोरेसँगै रोजर फेडेररले आफ्नो उल्लेखनीय टेनिस करियरबाट बिदा लिएका छन् ।

गत हप्ता लाभर कपपछि सन्यास लिने घोषणा गरेका फेडेररले आफ्नो करियरको अन्तिम खेल लामो समयका प्रतिद्वन्दी राफेल नाडालसँग जोडीको रुपमा खेलेका थिए ।

२०औं पटकका ग्रान्डस्लाम विजेता फेडेरर घुँडाको चोटका कारण लामो समय कोर्ट बाहिर रहँदै आएका थिए । उनले सन् २०२१ मा विम्बलडानको क्वार्टरफाइनल खेलेका थिए ।

४१ वर्षीय फेडेर टेनिस इतिहासका उत्कृष्ट खेलाडी मध्य एक हुन् ।
‘यो एक अद्भुत दिन भएको छ । म खुसी छु, दुखी छैन । कोर्टमा आउन पाउँदा धेरै राम्रो लागेको छ । मैले यहासम्मको यात्रा गरे खुसी छु,’ उनले भने ।

हजारौं प्रशंसकहरुबीच फेडेरले नाडाल र अरु खेलाडीहरुलाई रुँदै अंगालो हाले । र विदा लिएका थिए ।
‘राफसँग करियरको अन्तिम खेलमा सँगै खेल्न पाउनु मेरालागि उत्कृष्ट क्षण हो । यहाँ उपस्थित सबै महान खेलाडीहरुलाई धन्यवाद,’ फेडेररले भने ।

फेडेररले नाडालसँग झन्डै दुई दशकभन्दा लामोसमय प्रतिद्वन्दीका रुपमा खेले । उनीहरुले ग्रान्डस्लाममा पुरुषतर्फको सुनौलो युगमा सँगै ४२ ग्रान्डस्लाम एकल उपाधि जितेका छन् ।

नाडाल र फेडेररले सन् २००४मा एक अर्कासँग प्रतिस्पर्धा गरेका थिए । सन् २००४ देखि उनीहरुले ४० पटक एक प्रतिस्पर्धा गरे जसमा ९ खेल ग्रान्डस्लाम फाइनलका थिए । ४० खेलमा नाडालले २४ र फेडेररले १६ खेल जित्ने कीर्तिमान राखेका थिए ।
तर, शुक्रबार फेडेररको बिदाइका लागि उनीहरु नेटको एकै तर्फ थिए ।

करिब १७ हजार ५ सय दर्शकहरुबीच आफुले चाहेको साथिसँग करियरको अन्तिम खेल खेलेका फेडेररले आफुले सोचेजस्तै विदाई पाएका छन् । जहा विभिन्न टेनिस लेजेन्डहरुको पनि उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर