पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित – Nepal Press

पाकिस्तानमाथि इंग्ल्यान्डको सहज जित

काठमाडौं । घरेलु टोली पाकिस्तानलाई तेस्रो खेलमा ६३ रनले पराजित गर्दै इंग्ल्यान्डले सात टी-२० आई खेलमा २-१ को अग्रता बनाएको छ ।

२ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमा समेटियो । पाकिस्तानका शान मसुदले सर्वाधिक ६६ रन बनाए । यस्तै, खुसदिल शाहले २९ रनको योगदान गरे । इंग्ल्यान्डका मार्क उडले ३विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनायो । उसका बेन डुकेटले ७० तथा ह्यारी ब्रुक्सले ८१ रन बनाए । यस्तै, विल ज्याक्सले ४० रनको योगदान गरे । पाकिस्तानका उस्मान कादिरले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *