गठबन्धनलाई शंकर पोखरेलको प्रश्न- हामीले केपी ओलीलाई अघि सार्‍यौँ, तपाईँहरूको भावी प्रधानमन्त्री को ? – Nepal Press

गठबन्धनलाई शंकर पोखरेलको प्रश्न- हामीले केपी ओलीलाई अघि सार्‍यौँ, तपाईँहरूको भावी प्रधानमन्त्री को ?

‘मंसिर ४ गते देउवा र ओलीबीचको जनमतसंग्रह’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ पाँचदलीय गठबन्धनसँग आगामी चुनावमा जान नीति र नेतृत्व दुवै नरहेको टिप्पणी गरेका छन् । आफ्नो पार्टी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै उनले गठबन्धनको भावी प्रधानमन्त्री को हो भन्दै प्रश्न गरे ।

राष्ट्रिय युवा संघद्वारा आयोजित राष्ट्रिय प्रचार भेलामा बोल्दै पोखरेल अधिकांश समय ओलीको प्रशंसामा बिताएका थिए । उनले ओलीलाई विकास र समृद्धिका नायकका रूपमा प्रस्तुत गरे । अहिले एमाले पार्टी र यसको नेतृत्वविरुद्ध चौतर्फी घेराबन्दीको प्रयास भइरहेको पनि उनले बताए ।

‘नेपाली युवाहरूको भविष्य उज्यालो बनाउन होइन, जनताबाट तिरस्कृत भएका नेताहरूको राजनीतिक भविष्यको सुरक्षाका लागि यो गठबन्धन गरिएको हो,’ उनले भने, ‘वैदेशिक शक्तिकेन्द्रको स्वार्थका लागि यो घेराबन्दी गरिएको हो ।’

पोखरेलले निर्वाचनका माध्यमबाट ओलीको नेतृत्वमा नयाँ युगतर्फको यात्रामा अघि बढ्न युवाहरूलाई आह्वान गरे ।

उनले थपे, ‘म पाँचदलीय गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, एमाले आफ्नो अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा जनताका बीचमा लिएर जाँदै छ । पाँचदलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ?’
उनले पाँचदलीय गठबन्धनले आफ्नो नीति र नेतृत्व प्रस्तुत गर्न नसक्ने दाबी गरे ।

‘न नेता न नीति दिन सक्छन्, तिनीहरूका माध्यमबाट देशको भविष्य बन्न सक्दैन भन्ने,’ पोखरेलले भने, ‘एमाले नीति र नेतृत्व दिने सामर्थ्य राख्छ । त्यस अर्थमा एमाले युवाहरूको भविष्य हो ।’

उनले थपे, ‘हामीले सर्वसम्मत पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भविष्यको प्रधानमन्त्रीका रूपमा प्रस्तावित गरेका छौैं । तिमीहरूको नेता को हो रु शेरबहादुर देउवा रु यो देश केपी ओलीको नेतृत्वमा अगाडि बढ्छ कि देउवाको नेतृत्वमा रु मंसिर ४ को चुनाव त्यसको जनमत संग्रह बन्नुपर्छ ।’

पोखरेलले नेपालको संविधान जारी हुने बेला भारतीय विदेश सचिव आएर नेताहरूलाई दबाब दिएको सम्झिए । त्यस बेलाका प्रधानमन्त्री सुशील कोइराला सचिवको दबाबसँग लत्रिएको, तर ओलीले अडान लिएकाले नै संविधान जारी गर्न सम्भव भएको उनको भनाइ छ । भारतले नाकाबन्दी लगाउँदा कांग्रेसले नाकाबन्दी भन्न समेत नसकेको पोखरेलले टिप्पणी गरे ।


प्रतिक्रिया

One thought on “गठबन्धनलाई शंकर पोखरेलको प्रश्न- हामीले केपी ओलीलाई अघि सार्‍यौँ, तपाईँहरूको भावी प्रधानमन्त्री को ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर