किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने – Nepal Press

किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् ।

शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ ।

किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए । उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा ‘गोल्डेन ग्लब्स’ प्राप्त गरेका थिए ।

किरणले यसअघि माल्दिभ्सको माजिया स्पोर्र्टस एन्ड आरसी क्लबबाट धेबिही प्रिमियर लिग खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर