माओवादीहरु मसँग आत्तिएर प्रचण्डसँग भेटेको झूटो प्रचार गर्दैछन् : टोपबहादुर रायमाझी – Nepal Press

माओवादीहरु मसँग आत्तिएर प्रचण्डसँग भेटेको झूटो प्रचार गर्दैछन् : टोपबहादुर रायमाझी

रूपन्देही । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आफूले माओवादी केन्द्रका अध्यक्षसँग भेट गरेको र माओवादीमा प्रवेश गर्ने हल्ला झूटो भएको बताएका छन् ।

सचिव रायमाझीले एक प्रेस नोट जारी गर्दै माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरुले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेका छन् ।

‘विभिन्न सामाजिक सञ्जालहरूमा नेकपा एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी पुनः माओवादीमा फर्कंदै र प्रचण्डसँग भेटघाट गरेको भन्ने कुप्रचार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता खालका अराजनीतिक, कपोकल्पित समाचार र भ्रमका पछाडि नलागी सबै एकताबद्व भई निर्वाचनमा लाग्न हार्दिक अपिल गर्दछौं’, रायमाझीले जारी गरेको अपीलमा भनिएको छ ।

‘अहिले मेराविरुद्ध विभिन्न षड्यन्त्रहरु भएका छन् । एमालेमा मेरो सक्रियता र एमालेप्रति जनताको बढ्दो विश्वासबाट अत्तालिएकाहरु मेरोविरुद्ध कु्प्रचार गरेर रमाउन खोजेका छन् । यस्तो घृणित कार्यको निन्दा गर्छु’, रायमाझीले भनेका छन् ।

माओवादीकै नेताहरूले यसरी गलत प्रचार गरेको र यसले उनीहरूलाई नै नोक्सान पुग्ने रायमाझीको भनाइ छ ।


प्रतिक्रिया

One thought on “माओवादीहरु मसँग आत्तिएर प्रचण्डसँग भेटेको झूटो प्रचार गर्दैछन् : टोपबहादुर रायमाझी

  1. प्रचण्डका चम्चाहरू, भारतीय दलालहरूको काम हो यो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर