बजारमा नेपाल डिस्टिलरिजको न्युड सुपेरियर भोड्का – Nepal Press

बजारमा नेपाल डिस्टिलरिजको न्युड सुपेरियर भोड्का

काठमाडौं । नेपाल डिस्टिलरिजले उच्चकोटीको न्युड सुपेरियर भोड्का बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टुडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीबार साँझ न्यूड सुपेरियर भोड्का अनावरण गरिएको हो ।

न्यूड सुपेरियर भोड्का सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन ।

साथै ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको कम्पनी बताएको छ । विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुचि देखिन्छ ।

शतप्रतिशत स्थानीय सामग्री प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आर्मसले न्युड सुपेरियर भोड्का डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर