आफ्नै वकिलसँग ‘डेट’ गर्दै जोनी डिप ! – Nepal Press

आफ्नै वकिलसँग ‘डेट’ गर्दै जोनी डिप !

काठमाडौं । हलिउडका चर्चित अभिनेता जोनी डिप उर्फ ‘क्यापटेन ज्याक्सप्यारो’ अन्तर्राष्ट्रिय मिडियामा छाइरहने नाम हो । पूर्वपत्नी एम्बरहर्डसँग पारिवारिक सम्बन्ध र मानहानीको मुद्दाका कारण धेरै समय उनको चर्चा परिचर्चा भई नै रह्यो ।

एम्बरहर्डले एक लेखमा आफू घरेलु हिसांमा परेको दाबी गरेकी थिइन् । त्यसपछि डिपले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । उनी सो मुद्दा जित्न सफल पनि भए । सो समयमा उनको तर्फबाट बहस गरिरहेकी वकिल थिइन् क्यामिल भास्क्वेज ।

सो समयमै डिप र भास्क्वेज डेट गरिरहेका गसिपहरु बाहिरिएका थिए । हर्ड र डिपको बहसको भिडिओ क्लिपहरुमा उनका समर्थकहरुले डिप र भास्क्वेजलाई ‘रिलेशन’मा बस्न सुझावसमेत दिएका थिए ।

तर, भास्क्वेजले आफू अरु नै कोही व्यक्तिसँग सम्बन्धमा रहेको खुलासा गर्दै सम्पूर्ण हल्लाको खण्डन गरेकी थिइन् । जसले डिपका फ्यानहरुलाई केही समय निराश पनि बनायो । हाल डिप र भास्क्वेज प्रेम सम्बन्धमा रहेको हल्लाले पुनः एक पटक हलिउडमा राम्रै चर्चा पाएको छ ।

अहिले जोनी डिप जुन वकिलसँग सम्बधमा रहेको भनिएको छ, उनी हर्ड र डिपको मुद्दामा बहस गरेकी क्यामिल भास्क्वेज भने होइनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार डिपले अहिले ‘डेट’ गरिरहेकी वकिल हुन् जोएल रिच । सन् २०१८ मा डिपले ‘द सन’ पत्रिकाविरुद्ध मानहानीको मुद्दा हालेका थिए । सो समयमा जोएल उनको वकिलहरुको टिममा थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर