१० वर्षपछि दयाहाङलाई दोस्रो पुत्र लाभ – Nepal Press

१० वर्षपछि दयाहाङलाई दोस्रो पुत्र लाभ

काठमाडौं । अभिनेता दयाहाङ राई दोस्रो सन्तानको बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । अहिले आमाबच्चा दुवैको स्वास्थ्य  राम्रो रहेको बताइएको छ ।

राईदम्पतीका यसअघि एक छोरा छन् । छोरा जन्मिएको १० वर्षपछि उनीहरूले दोस्रो सन्तानको चाह गरेका हुन् ।

दयाहाङ र बेनुकाको बिहे २०६५ साल फागुन २ मा भएको थियो । २०६९ सालमा बेनुकाले पहिलो सन्तानका रूपमा छोरा सामदुङहाङलाई जन्म दिएकी थिइन् ।

बेनुका बिहेअघि गायन क्षेत्रमा सक्रिय थिइन् । बिहेपछि भने उनले घर सम्हाल्दै पतिको करिअरमा साथ दिँदै आएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *