पत्रकारलाई कपाल ढाक्न भनेपछि इरानी राष्ट्रपतिसँगको अन्तर्वार्ता रद्द – Nepal Press

पत्रकारलाई कपाल ढाक्न भनेपछि इरानी राष्ट्रपतिसँगको अन्तर्वार्ता रद्द

काठमाडौं । सीएनएनकी पत्रकार क्रिष्टियान अम्यानपोरले इरानी राष्ट्रपति हब्राहिम रइसीसँगको अन्तर्वार्ता रद्द गरेकी छन् ।

न्यूयोर्क भ्रमणमा रहेका राष्ट्रपति रइसीले इरानी कानून अनुसार क्रिष्टियानलाई कपाल ढाक्न भनेपछि अन्तर्वार्ता नै रद्द गरेको बीबीसीले जनाएको छ । हालै मात्र इरानमा हिजाब नलगाएको भन्दै पक्राउ गरिएकी एक युवतीको प्रहरी हिरासतमा ज्यान गएको थियो । उक्त घटनापछि हाल इरानमा ‘मोरल पोलिसिङ’ र हिजाबविरुद्ध तीव्र प्रदर्शन भइरहेको छ । रइसीले अन्तर्वार्ताअघि कपाल ढाकिदिन अनुरोध गरेका थिए ।

तर, न्यूयोर्कमा यस किसिमको कुनै संस्कार र नियम नरहेको भन्दै क्रिष्टियानले कपाल ढाक्न नमानेकी हुन् ।

अन्तर्वार्ता रद्द गरेपछि क्रिस्टियानले ट्वीटमा भनेकी छन्, ‘हामी अहिले न्यूयोर्कमा छौं । यहाँ महिलाले अनिवार्य रूपमा कपाल ढाक्नुपर्ने न त संस्कार छ न त निमय नै’ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *