भीमफेदी दुर्घटना अपडेट : मृतक ७ मध्ये ५ यात्रुको पहिचान (नाम-ठेगानासहित) – Nepal Press

भीमफेदी दुर्घटना अपडेट : मृतक ७ मध्ये ५ यात्रुको पहिचान (नाम-ठेगानासहित)

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका- ६ को जुरीखेतमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएका ७ यात्रुमध्ये पाँचजनाको परिचय खुलेको छ ।

वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार परिचय खुलेकाहरूमा नुवाकोट घर भएर रौतहटमा नेपाली सेनामा कार्यरत ३४ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ वर्षीय अन्दुवा मियाँ ठकुराई, बारा जितपुर उपमहानगरपालिका-२४ का २४ वर्षीय शेख अरमान, मकवानपुरगढी गाउँपालिका- २ का ४३ वर्षीय मदन विक, पर्सा वीरगञ्ज महानगरपालिका- ३१ बस्ने ४५ वर्षीय हृदयनारायण पंजियार छन् ।

घाइते २५ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

बिहीबार दिउँसो हेटौंडा-भीमफेदी-सिस्नेरी-काठमाडौं जोड्ने छोटो दूरीको सडकमार्गमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमा ६ र उपचारको क्रममा एक यात्रुको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *