आज कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ? – Nepal Press

आज कहाँ-कहाँ छ पानी पर्ने सम्भावना ?

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, वागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको २४ घण्टा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने भन्दै त्यस क्षेत्रमा बाढी तथा पहिरोको सम्भावित जोखिमप्रति महाशाखाले सचेत गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *