झापा-इलामको सीमामा भारी वर्षा, आसपासका खोला र नदीमा बाढीको जोखिम – Nepal Press

झापा-इलामको सीमामा भारी वर्षा, आसपासका खोला र नदीमा बाढीको जोखिम

काठमाडौं । गएरातिको वर्षातसँगै झापाका केही नदी तथा स-साना खोलामा पानीको सतह बढेकाले सतर्क अपनाउन भनिएको छ ।

नेपाल बाढी सूचनाका अनुसार पछिल्लो २ घण्टा झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई-गैडे, दमकलगायत झापाको धेरै स्थान तथा झापा-इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा-रतुवा तथा झापाका स-साना नदीमा जलसतह बढ्ने सम्भावना छ ।

सम्भावित बाढीको जोखिमबाट बच्न ती खोला तथा नदी आसपासका तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.