खादबाँरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर – Nepal Press

खादबाँरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खादबाँरी नगरपालिका संखुवासभाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमार निरौला विरुद्ध भ्र्रष्ट्राचार मुद्धा दायर गरेको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण गर्दा हुँदै नभएको कामको नक्कली बिल पेश गरी अनियमितता गरेको भन्दै आयोगले निरौलासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

जसमा गाउँपालिकाका तत्कालीन इन्जिनियर सुरज श्रेष्ठ र सव–इन्जिनियर मनोजकुमार चापागाई, महानन्द चोक हिगुवा योगी डाँडा हुँदै वर्खे डाँडा मोटर बाटो मर्मत उपभोक्ता समितिका अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङ पनि रहेका छन् ।

आर्थिक वर्ष २०७४/७५ मा निर्माण कार्यमा नभएको काम भए गरेको हो भनी नापी किताब, स्वीकृत सम्झौता, बैङ्क स्टेटमेन्ट, बिल भरपाईसमेतका आधारमा तीन लाख ७४ हजार एक सय २७ भुक्तानी गरी भ्रष्टाचार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर