आफ्नाे स्वीकृतिविना कर्मचारीकाे सरूवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन – Nepal Press

आफ्नाे स्वीकृतिविना कर्मचारीकाे सरूवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले कर्मचारी सरुवामा रोक लगाएको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सरुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको जनाएको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदाता नामावली संकलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा निर्वाचनको कामकाजबा बाधा पुग्ने आयोगले जनाएको छ ।

आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृति लिनुपर्ने आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको छ ।


प्रतिक्रिया

2 thoughts on “आफ्नाे स्वीकृतिविना कर्मचारीकाे सरूवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

  1. मारिहाल्यो नि । ठगबन्धनले कमाउने माध्यम नै सरूवालाई बनाएको थियो । रूवावासी चल्ने भयो ।

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर