‘२ नम्बरी’की नायिका उगेन भुटानबाट नेपाल आइन् – Nepal Press

‘२ नम्बरी’की नायिका उगेन भुटानबाट नेपाल आइन्

काठमाडौं । असोजको २१ गतेबाट चलचित्र ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ ।

यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैबीच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् ।

फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन आज बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माण पक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।

तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।

यो फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राईले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भइसकेको छ ।

२ साथीको मित्रताको कथामा यो फिल्म बनेको निर्माण पक्षले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *