टेनिस करियरको अन्तिम खेलमा फेडेररको जोडी नाडाल – Nepal Press

टेनिस करियरको अन्तिम खेलमा फेडेररको जोडी नाडाल

काठमाडौं । चर्चित टेनिस स्टार रोजर फेडेररले आफ्नो करियरको अन्तिम खेलमा कीर्तमिानी ग्रान्डस्लाम विजेता राफेल नाडालसँग जोडी बनाएर खेल्ने भएका छन् ।

यी दुईले शुक्रबार लभेर कपको डबल्समा ज्याक सक र फ्रान्सस टाइफोइको जोडीसँग खेल्नेछन् ।

२० पटक ग्रान्डस्लाम उपाधि जितेका फेडेररले गत हप्ता टेनिसबाट लभेर कपको डबल्ससँगै सन्न्यासको लिने घोषणा गरेका थिए । फेडेररले सन्न्यासको घोषणापछि नाडालसँग डबल्समा खेल्ने इच्छा रहेको बताएका थिए ।

४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

फेडेररबाहेक नाडालले सर्वाधिक २३ पटक ग्रान्डस्लाम जितेका छन् । यस्तै नोभाक जोकोभिचले २२ पटक जितेका छन् ।

पछिल्लो समय चोटका कारण कोर्ट बाहिर रहँदै आएका फेडेररले सन् २०११ पछिको ११ ग्रान्डस्लाममध्ये तीनमा मात्र प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर