स्वास्थ्यमन्त्री खापुङको आरोप : राष्ट्रपतिबाट नयाँ समस्या सिर्जना भयो (भिडिओ) – Nepal Press

स्वास्थ्यमन्त्री खापुङको आरोप : राष्ट्रपतिबाट नयाँ समस्या सिर्जना भयो (भिडिओ)

काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन् ।

राष्ट्रपति भण्डारीले उक्त विधेयक अस्वीकार गरेर नयाँ समस्या सिर्जना गरेको उनको उनको छ । बिहीबार काठमाडौंमा डाक्टरहरुसँग स्वास्थ्य परामर्श उपलव्ध गराउने ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गर्दैमन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए ।

मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरुबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनैपनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि दाबी गरे । उनले सहमति नजुटेका बुँदाहरुलाई (विषयलाई) छुट्टै राखेर सहमति जुटेका विषयहरु र अघिल्लो सरकारले अध्यादेशमा ल्याएका विषयहरुलाई राखेर नागरिकता विधेयक सदनमा पेस गरिएको स्पष्ट पारे ।

मन्त्री खापुङले डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुखहरुको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “स्वास्थ्यमन्त्री खापुङको आरोप : राष्ट्रपतिबाट नयाँ समस्या सिर्जना भयो (भिडिओ)

  1. डेङ्गुले जनता मरेकोमा मतलव छैन लाज शरम पचेकालाई । गाली गर्ने राष्ट्रपतिलाई पारीका दलालले ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर