भारतबाट सन्तोष सेनको दुखेसो : नेपाली नेताहरुले ‘प्रेमगीत ३’ को प्नचार गरेनन् – Nepal Press

भारतबाट सन्तोष सेनको दुखेसो : नेपाली नेताहरुले ‘प्रेमगीत ३’ को प्नचार गरेनन्

भारतमा मुख्यमन्त्री, मन्त्री र उद्योगपतिहरुले निरन्तर चासो दिइरहेको दाबी

काठमाडौं । चर्चामा रहेको चलचित्र ‘प्रेमगीत ३’ का निर्माता सन्तोष सेनले नेपालका नेताहरु आफ्नो चलचित्रका विषयमा बेखबर रहेको गुनासो गरेका छन् । संसारभरका १ हजारभन्दा धेरै हलहरुमा रिलिज हुन लागेको यस चलचित्रलाई सबैले हौसला दिनुपर्ने उनको भनाइ छ ।

फेसबुकमा स्टाटस लेख्दै सेनले हिन्दी भाषामार्फत नेपाली चलचित्रले विश्व चलचित्र उद्योगमा प्रवेश गरेको बताएका छन् ।

‘तर, अनावश्यक एकले अर्कालाई गाली गर्ने, सधैं सत्ताको लागि लडाइँ गर्ने राजनीतिक दलका नेताहरु यसबारे बेखबर किन हुनुभएको होला ?’, उनको प्रश्न छ, ‘चलचित्र उद्योगको स्तरोन्नतिका लागि उहाँहरुको कुनै पनि दायित्व छैन र ? चलचित्र उद्योग पनि उद्योग हो, यो उद्योगमा पनि धेरै नेपालीहरु आश्रित छन् भन्ने किन उहाँहरुलाई अहिलेसम्म मनन भएन होला ?’

आफूहरुको यो सफलतामा नेताहरुले हौसलास्वरुप केही धारणा राख्ने, सामाजिक सञ्जालहरुमार्फत प्रेरणा दिने किसिमका पोस्टहरु राख्नुपर्ने उनको माग छ । भारतमा मुख्यमन्त्री, मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेताहरुले यस चलचित्रका विषयमा निरन्तर चासो दिइरहेको उनको दाबी छ ।

‘यहाँका व्यापारी, उद्योगपतिहरुले पनि चासो दिइरहनुभएको छ । तर, स्वयं मेरो देशका नेता तथा मन्त्रीहरु कता हुनुहुन्छ खै ?’ उनले भनेका छन्, ‘फिल्मको स्तरोन्नतिका लागि यति गर्दैगर्दा राज्य चलाउने, सिस्टम बसाल्ने हाम्रा अभिभावकबाट यति आशा, अपेक्षा त गर्न पाइन्छ होला नि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *