आंशिक सैनिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा प्रदर्शन, हजार बढी पक्राउ – Nepal Press

आंशिक सैनिक परिचालन गर्ने पुटिनको घोषणाविरुद्ध रुसमा प्रदर्शन, हजार बढी पक्राउ

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जारी रुस-युक्रेन युद्धमा आंशिक सैनिक परिचालन गर्न सकिने घोषणा गरेसँगै रुसमा सरकारविरोधी प्रदर्शन तीव्र भएको छ । पुटिनले हालैमात्र पश्चिमा मुलुकले रुसलाई सिध्याउन सुरु गरेको षड्यन्त्रलाई विफल पार्न आंशिक सैनिक परिचालन गर्नसकिने घोषणा गरेका थिए ।

आंशिक सैनिक परिचालन भन्नाले रुसी सैनिकले रिजर्भमा राखेका र पहिला सैनिक रहिसकेका व्यक्तिलाई पुनः युद्धमा परिचालन गरिनु हो । पुटिनको उक्त घोषणाको केही समयपछि रुसी रक्षामन्त्री सर्गेई शोइगुले ३ लाख रुसी नागरिकलाई आंशिक सैन्य परिचालनमा बोलाइनसक्ने बताएका थिए ।

पुटिनको उक्त घोषणासँगै रुसमा प्रदर्शन सुरु भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्जियनका अनुसार देशका अन्य स्थानमा भन्दा मस्को र सेन्ट पिटसबर्गमा प्रदर्शन व्यापक बनेको छ । हालसम्म १ हजार ३ सय मानिसलाई प्रहरीले पक्राउसमेत गरेको छ ।

रुसमा पुटिनविरुद्धको यस किसिम प्रदर्शनलाई दुर्लभ मानिन्छ । युद्ध र पुटिनविरोधी अभिव्यक्ति दिनेलाई रुसमा चरम यातना दिइने भएकाले पनि यहाँ विरलैमात्र सरकारविरोधी प्रदर्शन हुने गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर