बैंकहरुको ब्याजदर वृद्धिले तर्सिए उद्योगी व्यवसायी – Nepal Press

बैंकहरुको ब्याजदर वृद्धिले तर्सिए उद्योगी व्यवसायी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असोज १ गतेदेखि लागु हुने गरी बढाएको ब्याजदर वृद्धिले उद्योगी व्यवसायीहरु तर्सिएका छन् । उद्योगी व्यवसायीको विभिन्न छाता संगठनले ब्याजदर वृद्धिको विरोध गर्दै विज्ञप्ति जारी गरिरहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले पनि ब्याजदर वृद्धिमा गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ । कोभिड महामारी र त्यसपछि बाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी ब्याजदर वृद्धिले थप मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको हो ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको उद्योगी व्यवसायीको गुनासो छ ।

महासंघको विज्ञप्तिमा भनिएको छ, ‘संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक-अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था हो । विशेषगरी कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गर्दछ । तर, पछिल्लो निर्णयले व्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर