सरकारको नीतिले अर्थतन्त्र सुध्रियो, अब बैंकको ब्याज घटाउँछौं : अर्थमन्त्री शर्मा – Nepal Press

सरकारको नीतिले अर्थतन्त्र सुध्रियो, अब बैंकको ब्याज घटाउँछौं : अर्थमन्त्री शर्मा

काठमाडौं । पछिल्लो समय सरकारले लिएको नीतिका कारण नेपालको आर्थिक सूचकांकमा सकारात्मक देखिएको अर्थमन्त्री जनार्दन शर्माले दाबी गरेका छन् । यद्यपि लगानीयोग्य रकमको अभाव (तरलता( भने अझै रहेको उनले स्वीकारे ।

बैंकहरुले ब्याजदर अचाक्ली महंगो गरेको भन्दै उद्योगी व्यवसायीले गुनासो गरिरहेका वेला अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर घटाउन सरकार लागिपरेको बताए ।

दोस्रो लिगलिग पालुङटार महोत्सव उद्घाटनका लागि पुगेका अर्थमन्त्री शर्माले बैंकको ब्याजदर घटाउने र बैंंकमा ब्याज पाउने उद्देश्यले पैसा थुपारेर उत्पादन नहुने स्पष्ट पारे ।

उनले सबै नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने बताए ।

अर्थमन्त्री शर्माले पालुङटारलाई सूचना प्रविधिमा अघि बढाइ स्मार्ट सिटि बनाउने घोषणा गरेका छन् । स्मार्ट सिटी बनाउन संघीय सरकार र अर्थ मन्त्रालयले सबै सहयोग गर्ने बताए ।

इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखाले यतिवेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको उनको भनाइ छ । ‘लिगलिगकोट र आधुनिक पालुङटारलाई जोडेर राजनैतिक इतिहाससहितको पर्यटन विकासलाई अगाडि बढाइनेछ’, उनले भने ।

जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपूर्तिका कारणले आफूले यसै क्षेत्रलाई सिफारिस गरेको उनको भनाइ छ । नेपालको मध्य पहाडी लोकमार्ग पालुङटार भएर अघि बढेको बताउँदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको मन्त्री शर्माको दाबी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर