काठमाडौं आएका डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना – Nepal Press

काठमाडौं आएका डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

विभिन्न ७ बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेका डा. केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधवार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरूले बताएका छन् ।

सरकारले मङ्गलवार डा केसीलाई काठमाडाैं ल्याउन नेपाली सेनाको हेलिकप्टरमा धनगढी लगेको भए पनि उनले काठमाडौं आउन अस्वीकार गरेका थिए ।

स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई सेती अञ्चल अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको हो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर