कवि हाङयुग अज्ञातको एकल कविता वाचन हुँदै – Nepal Press

कवि हाङयुग अज्ञातको एकल कविता वाचन हुँदै

मिरिक । कवि हाङयुग अज्ञातको एकल कविता वाचन हुने भएको छ । भारतको मिरिकमा असोज ८ गते अज्ञातको एकल वाचन हुने भएको हो ।

विगत अढाई दशकदेखि लेखनमा सक्रिय अज्ञातको कार्यक्रम मिरिक साहित्य संगमले आयोजना गरेको हो । अज्ञात सृजनशील अराजकता साहित्यिक आन्दोलनका एक अभियन्ता हुन् । उनले आख्यानकार राजन मुकारुङ, कवि तथा फिल्ममेकर उपेन्द्र सुब्बासँग मिलेर डेढ दशकअघि आन्दोलन चलाएका थिए ।

अज्ञातको ‘करङको हिरासत’, ‘मध्यरातको तङसिङ’, ‘रंगीन आविस्कार’ लगायत कविता संग्रह चर्चित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर