राष्ट्रपतिविरुद्ध अर्को परमादेश माग्न गठबन्धनलाई शम्भु थापा र रमण श्रेष्ठको सुझाव – Nepal Press

राष्ट्रपतिविरुद्ध अर्को परमादेश माग्न गठबन्धनलाई शम्भु थापा र रमण श्रेष्ठको सुझाव

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापा र रमण कुमार श्रेष्ठले राष्ट्रपतिविरुद्ध सर्वोच्च अदालत जान सत्ता गठबन्धनलाई सुझाव दिएका छन् ।

उनीहरूले असार २८ को फैसलामै अदालतले राष्ट्रपतिका असंवैधानिक कामको न्यायिक परीक्षण हुने भनिसकेकाले सोही बमोजिम अर्को परमादेश माग्न सकिने सुझाव दिएका छन् ।

गठबन्धनका शीर्ष नेतासँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थापा र श्रेष्ठले राष्ट्रपतिबाट संविधान उल्लंघन भएको सन्दर्भमा अदालतबाट व्याख्या गराउन सकिने सुझाव दिएको बताइएको छ ।

शीर्ष नेतासहित गृह र कानूनमन्त्री समेत सहभागी छलफलमा राय दिएर शम्भु थापा र रमण श्रेष्ठ बालुवाटारबाट बाहिरिएका छन् ।

राष्ट्रपतिबाट संविधानको समय सीमाभित्र नागरिकता विधेयक प्रमाणीकरण नभएपछि स्वतः राजपत्रमा प्रकाशित गरेर कानूनका रूपमा लागु गर्न सकिने सुझाव समेत गठबन्धनका नेताहरूलाई दिइएको छ ।


प्रतिक्रिया

5 thoughts on “राष्ट्रपतिविरुद्ध अर्को परमादेश माग्न गठबन्धनलाई शम्भु थापा र रमण श्रेष्ठको सुझाव

  1. विदेशीले चलाएका, पैसाभन्दा अरू केही नदेख्ने , इमननजमान नभएका , ठालू र समग्रमा भन्दा अदालतका दलालले भनेकै मान्नुपर्छ र ?

  2. शम्भु वकिलसाप र रमनकम्रेड वकिलको सम्पति छानविन गरि बल्ल अदालत जानु अनि जनादेशिलाइ सत्तामा ल्याि परमादेशिलाइ सत्ता च्युत गरि भ्रष्ट इस्वर खतिोडा दिपक कार्कि प्रकाशमान राउतलाइ महा अभियोग लगाइ मात्र परमादेश माग अन्यथा यिनिहरु पैसाको र पदको पछि लाग्ने छन्।

  3. यी सबै कालाकोटेको सम्पत्ति छानविन होस् । यिनिहरुले अदालतमा मुद्दा टिङ गरि अकुत सम्पत्ति कमाएका छन् ।

  4. नेताका झोले कालाकोटेकोहरु कमसेकम तिमीहरुले त्यो कालो कोटको र नेपाली मातृभूमि को त इज्जत राख भरतको बुहारीलाई चाहिँ बिहे गरेको भली पल्ट नगरिकता दिनु पर्ने ?? अनि हाम्री चेली बेटी बिहे गएर गएको ७ वर्ष पछि पर्खिनु पर्ने ???? देश सानो होस या ठुलो अन्तरास्ट्रिय कानुन देशको भौतिक क्षत्रफलको आधार हेपिनु पर्ने हो र ???? ल ठिक छ भतुवा नेताहरुको ल्याकत छ भने भारत सङ कानुन सम्बन्धी बराबरी सर्त राखोस्न हाम्रो नेपाली चेलीबेटीहरुले पनि भारतमा बिहेगरेको भोलीपल्ट नगरिकता दिने कानुन बनाओस अनि नेपालमा पनि त्यतिनै समयमा नदिए आन्दोलन नै गर । गठे सरकारमा बसेर चुनाबको मसला बनाइ सोझा तराईका जनता भड्काए अशान्ती मच्चाएर फाईदा उठाउछौ ?? तिमीहरुलाई पाउ लाग्छ । तिमीहरुले सचिकै ती असली नगरिकता नपाउने नेपाली नगरिकता पाउन भन्ने सोचेको भए अरु सबैलाई उस्तै अनि भरत बाट आएको बुहारीलाई भरतले जसरी ७ साल पछि पाउने ब्यावस्था गरि सच्याको भए सबैले पाउने थिए नगरिकता । तिमीहरुको भित्रीआत्मानै खोटो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर