डे‍ंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु – Nepal Press

डे‍ंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

हेटौंडा । बागमती प्रदेशमा डेंगु स‌क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त संक्रमणका कारण मकवानपुरसहित अन्य ६ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेंगुबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए।

यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगुका बिरामी फेला परेका छन् ।

यसैगरी, काठमाडौंमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेंगुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया

One thought on “डे‍ंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर