राष्ट्रपतिको विषयमा छलफल भयो, कुनै निष्कर्ष निस्केन : उपेन्द्र यादव – Nepal Press

राष्ट्रपतिको विषयमा छलफल भयो, कुनै निष्कर्ष निस्केन : उपेन्द्र यादव

भोलि पनि सिट बाँडफाँट टुंगिने सम्भावना छैन : यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिको विषयमा छलफल भएको तर कुनै निष्कर्ष ननिस्केको बताएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि बसेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नेबारे छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्केको यादवले बताए ।

नेपाल प्रेससँग कुराकानीमा राष्ट्रपतिले विधेयक प्रमाणीकरणका विषयमा गठबन्धनमा केही छलफल भयो भिन सोधेको जिज्ञासमा यादवले भने, ‘त्यस विषयमा छलपल त भयो तर केही पनि निष्कर्ष भएन ।’

त्यस्तै, सिट बाँडफाँटका विषयमा के भयो भन्ने प्रश्नमा उनले भने, छलफलको क्रममै छ । भोलि साँझसम्ममा टुंगिने सम्भावना छैन भन्ने जिज्ञासामा त्यस्तो सम्भावना नरहेको यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर