सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन – Nepal Press

सरकार र डा. गोविन्द केसी प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । धनगढीमा अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।

आज भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाहरुको बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको वार्तामा दुवै पक्षको सहमति हुन सक्ने सम्भावना भएका बुँदाबारे छलफल भए पनि निष्कर्ष भने ननिस्किएको बताइएको छ ।

वार्तामा प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, स्वास्थ्य सचिव डा. रोशन पोखरेल र शिक्षासविच रामकृष्ण सुवेदी सहभागी थिए । नेपाल मेडिकल एसोसिएसनबाट डा. अनिलविक्रम कार्की सहभागी थिए । डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओम प्रकाश अर्याल, डा. विष्णु पोखरेल थिए । यसअघि आइतबार र सोमबार भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो ।

डा. केसीलाई लिन धनगढी गएको नेपाली सेनाको स्काइ ट्रक (हेलिकोप्टर) भने रित्तै फर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.