स्वास्थ्य जटिल बनेपछि डा. गोविन्द केसीलाई काठमाडौं लगिँदै – Nepal Press

स्वास्थ्य जटिल बनेपछि डा. गोविन्द केसीलाई काठमाडौं लगिँदै

कैलाली । ९ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ ।

२०औं अनसनअन्तर्गत केसी ९ दिनदेखि धनगढीमा अनसन बसिरहेका छन् । कडा खालको अल्सरको लक्षण देखिएपछि उनलाई काठमाडौं लैजाने तयारी गरिएको हो ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालले उनको स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएको थियो । २ बजे नेपाली सेनाको स्काइ ट्रक धनगढी आउने र टिचिङमा लैजाने तयारी भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति निकालेर थप जटिलता हुन सक्ने हुनाले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा लैजान सम्बन्धित निकायलाई आग्रह गरिसकेको बताएका छन् ।

अहिले अस्पताल परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *