कोरोना महामारीबारे बाइडेनको अभिव्यक्ति विवादमा – Nepal Press

कोरोना महामारीबारे बाइडेनको अभिव्यक्ति विवादमा

काठमाडौं । कोरोना महामारीलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको अभिव्यक्ति विवादमा तानिएको छ । बाइडेनले सीबीएसलाई दिएको एक अन्तरवार्तामा अमेरिकामा कोरोना महामारीको अन्त्य भइसकेको दाबी गरेसँगै उनको अभिव्यक्ति विवादमा तानिएको हो ।

‘कोभिडको कारणले गर्दा हामी समस्यामा छौ तर अवस्था सुधारोन्मुख छ अमेरिकाबाट महामारी अन्त्य भइसकेको छ ।’ उनले भनेका छन् । बाइडेनको उक्त अभिव्यक्ति पछि वाइटहाउसका दुई अधिकारीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ ।

बाइडेनको उक्त अभिव्यक्ति अनपेक्षित रहेको हालमा कोरोना महामारी नियन्त्रण सम्बन्धी नीतिमा कुनै पनि परिवर्तन ल्याउने तयारीमा नभएको बताएको छ । हालै मात्र अमेरिकी अधिकारीहरुले कोरोना महामारीको कारण लागू गरिएको स्वास्थ्य आपतकाल अक्टोबर १३ सम्म बढाउने निर्णय गरेका थिए।

तथ्यांक अनुसार हाल अमेरिकामा कोरोनाका कारण दैनिक चार सय जनाको ज्यान गइरहेको छ भने हालसम्म अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघिसकेको छ । कोरोना संक्रमणको वर्तमान अवस्थालाई हेर्दा महामारी सकिसकेको नदेखिने भएकाले बाइडेनको अभिव्यक्ति विवादमा तानिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर