लाज लाग्दैन हाम्रा नेताहरुलाई ? – Nepal Press

लाज लाग्दैन हाम्रा नेताहरुलाई ?

आजकै दिन ७ वर्ष पहिले संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो । आज ८ औं संविधान दिवस हो । यस अवसरमा म संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई खुशीयाली मनाउन आह्वान गर्दै हार्दिक शुभकामना दिन्छु । नयाँ संविधान जारी भएपछिको यस अवधिमा संविधान मिच्ने, यसको हुर्मत लिने, संविधानले व्यवस्था गरेका संस्थाहरुको हदैसम्मको दुरुपयोग गरियो ।

प्रतिनिधिसभा भंग गर्नै नपाउने संविधानको व्यवस्थालाई कुल्चँदै दुई पटक प्रतिनिधिसभा भंग गरियो । दुवै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीको त्यो कदमलाई असंवैधानिक घोषणा गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरायो । संसद पुनःस्थापना भएपछि बनेको सरकार र सत्ता गठबन्धनले आफूले प्राप्त गरेको हैसियत दुरुपयोग गर्दै पुनःस्थापनाको निर्णयमा नेतृत्व गर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर पुरस्कृत गरे । स्वतन्त्र, असंलग्न तटस्थ परराष्ट्र नीतिलाई लत्याउँदै एमसीसी जस्तो सैनिक गठबन्धनमा नेपाललाई लैजाने दुई पटक बनेका सरकारहरुले निर्णय गरे । त्यो सम्झौतालाई सत्ता गठबन्धनले सार्वभौम प्रतिनिधिसभामा भएको आफ्नो हैसियतलाई दुरुपयोग गर्दै अनुमोदन गर्‍यो । सत्ता गठबन्धनले संसारकै इतिहासमा नघटेको संवैधानिक राष्ट्रपतिलाई नागरिकता विधेयकका सन्दर्भमा संसदलाई दुरुपयोग गर्दै घोर अपमान गर्ने निकृष्ट कार्य गर्‍यो । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षले आफ्नो स्वार्थ पूरा गर्न अरु पनि धेरै नहुने काममा संसदलाई दुरुपयोग गर्नसम्म गरेका छन् र प्रतिपक्षले आफूले काम गरेको भएन भनेर ९ महिनासम्म संसदलाई अवरोध गरियो ।

सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षले आफ्नो स्वार्थ पूरा गर्न अरु पनि धेरै नहुने काममा संसदलाई दुरुपयोग गर्नसम्म गरेका छन् र प्रतिपक्षले आफूले काम गरेको भएन भनेर ९ महिनासम्म संसदलाई अवरोध गरियो ।

समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गर्ने नेपालको संविधानको मार्गदर्शन छ । तर, प्रधानमन्त्री भइसकेका कम्युनिष्ट पार्टीका नेताहरुले आफैंले निर्माण गरेको संविधान अक्षर र भावनाका विरुद्ध बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीबाट समाजवाद निर्माण हुनसक्दैन भनेर प्रशिक्षण दिँदै हिँडिरहनुभएको छ । कम्युनिष्ट र कांग्रेस मिलेर ठूल्ठूला आन्दोलन गरेर व्यवस्था परिवर्तन भएका छन् । तर, आजसम्म निर्वाचनमा पनि कांग्रेस र कम्युनिष्ट गठबन्धन गरेको इतिहास छैन । तर, अहिले पनि त्यो भइरहेको छ । एउटा कम्युनिष्ट पार्टीका विरुद्ध कांग्रेससँग गठबन्धन गरेर सरकार निर्वाचनमा तालमेल गरेको घटना २०५६ सालको निर्वाचनमा नेकपा (एमाले) ले तत्कालीन नेकपा (माले)का विरुद्ध गरेको थियो । अहिले एमालेका विरुद्ध कांग्रेससँग मिलेर माओवादीले गरिरहेको छ ।

राजाको शासन समाप्त भएपछि माओवादीले अब नेपाली कांग्रेस हाम्रो शत्रु हो भनेर नीति बनायो । माओवादी सशस्त्र संघर्ष कालमा माओवादी नेताहरुको टाउको काटेर ल्याउनेलाई ५० लाख पुरस्कार दिने घोषणा गर्ने कांग्रेसले आज गठबन्धन गरेरै चुनावमात्र हैन सरकार सञ्चालन पनि गर्ने निर्णय गरेर सँगै हिँडिरहेका छन् । राजनीतिमा नैतिकताको पनि मूल्य जोडिन्छ कमसेकम तत्कालीन समयका आफ्ना निर्णयहरुको पुनरावलोकन गरेको भए पनि लाज छोप्न सजिलो हुने थियो ।

प्रतिनिधिसभामा वर्षौंसम्म उपसभामुख पद उद्देश्यमूलक ढंगले खाली राखियो । अहिले ७ महिनादेखि राष्ट्रियसभामा अध्यक्षता गर्ने महिलाको पद खाली छ । सम्बन्धित पार्टीहरु र अध्यक्ष मौन छन् ।

नेपालको संविधानको भावना र अक्षरले भनेको के हो भने प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यक्षमात्र भएर त्यो सभा अधुरो हुन्छ । त्यस्तैगरी सभामुखमात्र भएर त्यो प्रतिनिधिसभा पनि अधुरो हुन्छ । संविधानले भनेको छ त्यो दुबै सभाको अध्यक्षता गर्ने ठाउँमा एकजना महिला अनिवार्य गरेको छ । यसको अर्थ हो कहिलेकाहीं पदमा पुरुष नभए पनि महिलाले सभा सञ्चालन गर्न पाइन्छ । तर, महिला पदमा भएन भने त्यो सभा चल्न हुन्न । प्रतिनिधिसभामा वर्षौंसम्म उपसभामुख पद उद्देश्यमूलक ढंगले खाली राखियो । अहिले ७ महिनादेखि राष्ट्रियसभामा अध्यक्षता गर्ने महिलाको पद खाली छ । सम्बन्धित पार्टीहरु र अध्यक्ष मौन छन् ।

संसदको उपरोक्त अवस्थामात्र हैन अरु पनि यस्ता विरोधाभाष र लाजमर्ने अवस्थाका खेलहरु नेपाली संसदमा अरु पनि भएका छन् । एउटै पार्टीका दुई अध्यक्षहरुले संसदीय शक्तिलाई विभाजन गरेर बाहिरमात्र हैन संसदमा पैंठेजोरी खेलेको अनौठो घटना नेपालमा भएको देखिएको छ । संसदीय पार्टीहरुले आफूलाई सत्तामा पुर्‍याएका वेला आफ्नो स्वार्थ पूरा गर्न अध्यादेशलाई मात्र हैन संवैधानिक परिषदलाई पनि नराम्ररी दुरुपयोग गरेका छन् । संसदलाई अनेक हिसाबले दुरुपयोग गर्ने काम त भई नै रहेका छन् ।

तर, प्रयोग गरेर देश विकास गर्ने, गरिबी उन्मूलन गर्ने र जनताको जीवनस्तर उन्नत गर्ने काम लागू गर्न सकिन्थ्यो । त्यता कसैको ध्यान गएको छैन । लाज लाग्न पर्ने हो नेताहरुलाई आज पनि यो देश राजा महेन्द्रको विकासको मोडालिटीमा नै हिँडेको छ । यसमा परिवर्तन गरेर देशलाई समृद्ध समाजवादको मोडालिटीमा लैजान सकिन्न र ? सकिन्न भने किन शासन सत्ता कब्जा गरेर किन बसिरहनुहुन्छ ? सबै क्रियाकलाप संविधान जारी भएको यही ८ वर्षभित्र भएका र हुनुपर्ने तर हुन नसकेका क्रियाकलापहरु ।

तर पनि म भन्न चाहन्छु, संविधान दिवस- जिन्दावाद !

३ असोज, २०७९

(लेखक गौतम राष्ट्रियसभा सदस्य हुन् ।)


प्रतिक्रिया

3 thoughts on “लाज लाग्दैन हाम्रा नेताहरुलाई ?

  1. ५४ सालमा एमाले फुटाउँदा लाज लागेन ? त्यहि पार्टीमा ङिच्च दाँत देखाएर पस्दा लाज लागेन ? फेरि एमाले सिध्याउन प्रचण्डेको प्यादा बन्दा लाज लागेन ? नैतिकहिनले अरूलाई लाज लाग्दैन भन्न लाज लाग्दैन ?

    1. लाज भयपो लाज लाग्नु पुर्ब नेता ज्यु!२०५४ सालमा मनमोहन कमरेडलाइ बल्खुको ढोकैमा रुवायर पुतलिसडकको छानबिन पत्रीकाको कार्यलयमा अड्डा जमायर तत्कालिन गृहमन्त्री खुमबहादुर खड्कालाइ हेलिकोप्टर मार्फत सान्सद ओसार्न लगायर पार्टी बिभाजन गर्न लाज लागेन बामदेब ज्यु?लोभिपापिको जमातमा हाल नेकपा समअजबादिका नेता राजेन्द्र पाण्डेले ५०% प्रतिशत पुर्याउनुहोस ५१ पुर्याउन म आउछु भनेको आज सम्म मानस पटलमा ताजै छ।होनहार युवा हरु पार्टी बिभाजन गर्नु हुन्न भनी आग्रह गर्दा खु बहादुरका बर्दिधारी उतारेर बागबजारै बजार लगारेकोअहिले सम्न स्मरणमा ताजै छ हो त्यसबेला लाज लागेन?अनि चार बर्ष पछि आफ्ना साथमा लागेका होनहार युवा माओबादिमा पठायर शुन्य सिटमा थन्किदै लुरु लुरु शरण माग्दा लाज लागेन?असल उदेश्यले माओबादी एमाले एकिकरण भै जनअनुमोदित सरकार बन्दा कहिले कता कहिले कता ओल्लो र पल्लो कित्ता उभिदै बर्गशत्रुको पाउमा सत्ता सुम्पिने रणनिती बुन्दा लाज लागेन?आज लौ न प्रभु भन्दै माओबादी र काङ्ग्रेसको शरणमा पर्दै एउटा सिट भन्दै जदौ मालिक भन्दा काज त के लाग्थ्यो र कमरेड! लाज नै हराइसकेपछि।

  2. तिमीलाइ चुनाव हारे पनि सांसद चाहियो राष्ट्रिय सभामा गएर पनि प्रधानमन्त्रि चाहियो विधान संसोधन गरेर भए पनि उपाध्यक्ष चाहियो एमाले सिद्धयाउने प्रचणड र माकुनेका मतियार भयौँ लाज तपािँलाइ पो लाग्नु पर्ने होिन् र? आफ्नो पार्टि सकेर नभी हाम्रो लोकतान्त्रिक पार्टि शेरेलाइ बुजाएर सक्दैछौ मास्दै छौँ असत्तेराहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर