महारानी एलिजाबेथको आज अन्तिम संस्कार गरिँदै – Nepal Press

महारानी एलिजाबेथको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज शाही परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । करिब एक घण्टासम्म चल्ने राजकीय अन्त्येष्टिको कार्यक्रम नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे (ब्रिटिश समय अनुसार ११ बजे) सुरु हुनेछ ।

राजकीय अन्त्येष्टिपछि देशभर २ मिनेट मौन धारण गरिने समेत भएको छ । ९६ वर्षीया रानी एलिजाबेथको गत सेप्टेम्बर ८ मा निधन भएको थियो । बेलायतको शाही परम्परा अनुसार रानीको मृत्युको १० दिनपछि अन्तिम संस्कार गरिन्छ ।

रानीको कफिनलाई आज विशेष सवारी ‘गन क्यारिएज’ मा वेस्टमिन्स्टर एबेमा लगिनेछ । यो सवारी एडवर्ड सातौं, जर्ज पाँचौं, जर्ज छैठौ र सर विन्स्टन चर्चिलको अन्त्येष्टिको लागि प्रयोग गरिएको थियो ।

वेष्टमिन्स्टर एबेमा अन्तिम राजकिय सम्मान सकिए पछि राजपरिवारका सदस्य र नजिकका व्यक्तिहरूको उपस्थितिमा एक निजी समारोह हुनेछ । साथै रानीलाई बेलायतको स्थानिय समय अनुसार ४.३० र नेपाली समय अनुसार बेलुका ८.३० बजे दफनाईने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर