प्रचण्डको अपिल- संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुस् – Nepal Press

प्रचण्डको अपिल- संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा रहेको एकात्मक राज्य व्यवस्थाको केन्द्रीकृत शासन प्रणालीलाई नागरिकको घरदैलोमा पुर्‍याउने श्रेय वर्तमान संविधानलाई गएको बताएका छन् ।

संविधान दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले यसले नागरिकलाई ‘गाउगाउँमा सिंहदरबार’ को अनुभूति गराएको बताएका हुन् ।

शुभकामना सन्देशमा प्रचण्डले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनलाई भोट दिनसमेत आग्रह गरेका छन् ।

‘संविधान एवं सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुको जीत अपरिहार्य भएको छ’, प्रचण्डको भनाइ छ । संविधान रक्षा एवं सफल कार्यान्वयनका लागि भनदै उनले प्रतिगमनविरोधी अग्रगामी नेपालीलाई गठबन्धनमा रहेका दललाई विजयी गराउन अपिल गरेका छन् ।

‘लामो संघर्ष र नेपाली जनताको त्याग र बलिदानको प्रतिफलका रुपमा वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको हो । संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत मात्र गरेको छैन, समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकार लगायतका विषयमा अग्रगामी पनि छ,’ दाहालले भनेका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डको अपिल- संविधानको रक्षाका लागि गठबन्धनलाई जिताउनुस्

  1. दलाल र विदेशीका एजेण्टलाई चाहाने भए गठबन्धन छान्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर