रुसको कब्जाबाट फुस्किएको ठाउँमा युक्रेनले फेला पार्‍यो सामुहिक चिहान – Nepal Press

रुसको कब्जाबाट फुस्किएको ठाउँमा युक्रेनले फेला पार्‍यो सामुहिक चिहान

काठमाडौं । युक्रेनी अधिकारीहरूले उत्तरपूर्वी शहर इज्युम नजिकको जङ्गलमा एउटा सामूहिक चिहान फेला पारेका छन् । रुसको कब्जाबाट पुन आफ्नो नियन्त्रणमा लिएको भोलिपल्टनै युक्रेनी अधिकारीहरुले उक्त चिहान फेला पारेको अन्तर्राष्ट्रिय संचार माध्यम अल्जाजिराले जनाएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार राष्ट्रको नाममा संबोधन गर्दै उक्त चिहानबाट ४ सय ४० वटा शव बारामद भएको जनाएका छन् । उक्त शवहरुको विवरणको बारे हाल अनुसन्धान चलिरहेको जेलेन्स्कीको भनाइ छ ।

हाल सो क्षेत्रमा मेटल डिडेक्टर प्रयोग गरी बिस्फोटक पदार्थ तथा अन्य शवको खोजी भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *