केपी ओली र चिनियाँ नेता लीबीच भेटवार्ता (भिडिओ) – Nepal Press

केपी ओली र चिनियाँ नेता लीबीच भेटवार्ता (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भेटवार्ता भएको हो । भेटमा एमाले नेता सुवासचन्द्र नेम्वाङ, विष्णु रिमाललगायतका नेताहरू सहभागी थिए । उक्त भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर