यस्ता छन् भायानेटको आकर्षक दशैँ अफर – Nepal Press

यस्ता छन् भायानेटको आकर्षक दशैँ अफर

काठमाडौं । भयानेटले आकर्षक दशै अफर सार्वजनिक गरेको छ । जसअन्र्तगत भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९९९ रुपैयाँ प्रति महिनामा पाउन सकिन्छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.युसँगै ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४ ए डुअल ब्यान्ड राउटरमध्ये एक छानेर राख्न पाउनेछन् ।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्कमात्र जम्मा गरे पुग्छ । ग्राहकले मेस राउटर लिनका लागि ४ हजार रुपैयाँ र एमआई ४ ए राउटरको लागि १ हजार ५ सय डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो ।

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र १५० रुपैयाँ प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ । यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेटअप बक्स मात्र ५०० रुपैयाँ डिपोजिट गरी प्राप्त गर्न सक्नेछन् ।

भायानेटको अल्ट्रा–फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेजमध्ये पर्दछन् । उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा–फाई लाइन अप विशेष मानिएको छ । अहिले चलिरहेको अल्ट्रा–फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर