चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौं उत्रिए (भिडिओ) – Nepal Press

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौं उत्रिए (भिडिओ)

काठमाडौं । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । उनको स्वागतका लागि सभामुख अग्निप्रसाद सापकोटा विमानस्थल पुगेका थिए ।

सभामुख सापकोटाको निमन्त्रणमा ली नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आज सभामुख सापकोटा र समकक्षी लीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । त्यस्तै साँझ सोल्टी होटलमा रात्रीभोजको आयोजना गरिएको छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार र प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार शिष्टाचार भेट गर्ने छन् ।

बिहीबार नै लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गर्ने छन् । भ्रमण सकेर उनी ३० गते स्वदेश फर्कने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर