नेपाल टी-२० लिगको मेन्टर रहन पाउँदा खुशी लाग्यो : ब्रेट ली – Nepal Press

नेपाल टी-२० लिगको मेन्टर रहन पाउँदा खुशी लाग्यो : ब्रेट ली

काठमाडौं । राजधानीमा असोज ८ गतेदेखि कात्तिक ५ सम्म आयोजना हुने नेपाल टी-२० लिगका लागि अष्ट्रेलियन पुर्वक्रिकेटर ब्रेट ली मेन्टर नियुक्त भएका छन् ।

शुक्रबार नेपाल क्रिकेट संघ(क्यान)ले टी-२० लिगका लागि उनलाई मेन्टरका रूपमा सार्वजनिक गरेको कार्यक्रममा बोल्दै ब्रेट लीले आफूलाई लिगको मेन्टरका रूपमा रहन पाउँदा खुशी लागेको बताए । यस्तै, उनले नेपालमा क्रिकेटको क्रेज पनि राम्रो रहेको प्रतिक्रिया दिए ।

‘मेरो नेपालमा छोटो यात्रा रह्यो, मलाई लिगको मेन्टर रहन पाउँदा खुशी लागेको छ । नेपालको क्रिकेट क्रेज पनि उत्तिकै राम्रो छ’, उनले भने । ब्रेट ली नेपाको छोटो यात्रा सकेर आजै फर्किएका छन् ।

पहिलो संस्करणको नेपाल टी-२० लिग प्रतियोगितामा ६ फ्रेन्चाईज टीम कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर