एकदिन एमालेमा बसेर जसपामै फर्के बच्चुलाल – Nepal Press

एकदिन एमालेमा बसेर जसपामै फर्के बच्चुलाल

रुपन्देही । नेकपा एमाले प्रवेश गरेका जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा गैडहवा गाउँपालिकाको निवर्तमान अध्यक्ष बच्चुलाल केवट पुनः जनता समाजवादीमै फर्किएका छन् ।

उनी वुधबार मात्रै एमाले सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराई, ठाकुर गैरेको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गरेका थिए ।

बिहीबार केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा गएको तर आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् । ‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेको थिएँ । पछि आत्मग्लानी भयो । ’ उनले विज्ञप्तिमा लेखेका छन् ‘पार्टीको कार्यकर्ता र नेतृत्वको माया देखेर पुनः पुरानै घर फर्किएको छु ।’ उनले आफूले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन् । उनले अबका दिनमा जसपामै सक्रिय भएर लाग्ने समेत प्रतिवद्दता जनाएका छन् ।

अहिले उनले आफ्नो मोबाइल अफ गरेका छन् । जसपा जिल्ला अध्यक्ष रामअवतार यादवले केवटले आफ्नो गल्ती स्वीकार गरेर पार्टीमा फर्केको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर