रविको भेलामा गएपछि कांग्रेसले सोध्यो स्पष्टीकरण, प्रणय बन्ने भए स्वतन्त्र उम्मेदवार – Nepal Press

रविको भेलामा गएपछि कांग्रेसले सोध्यो स्पष्टीकरण, प्रणय बन्ने भए स्वतन्त्र उम्मेदवार

काठमाडौं । रवि लामिछाने नेतृत्वको नेपाल स्वतन्त्र पार्टीको भेलामा सहभागी भएबापत पार्टीबाट स्पष्टीकरण सोधिएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता डा. प्रणयशमशेर राणाले काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका आकांक्षी रहेका राणाको नाम क्षेत्रीय कार्य समितिको सिफारिसभित्र नअटेपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

राणालाई रवि लामेछानेको भेलामा गएर सम्बोधन गरेबापत क्षेत्रीय सचिव रजनी थापाले कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेकी थिइन् । डा.राणाले अनुशासन सम्बन्धी पार्टीको विधान समेत संलग्न गरी स्पष्टीकरण समेत दिएका थिए ।

युवा पुस्ताको प्रतिनिधित्वि गर्दै परिर्वतनको सन्देश दिने आफ्नो प्रयासमा अवरोध भएप्छि स्वतन्त्र उम्मेदवारी दिने उनले घोषणा गरेका छन् । पूर्व सैनिक अधिकृत डा.राणा द्धन्द्ध व्यवस्थापन तथा जनस्वास्थ्य विज्ञ हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर