लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै, संसदको म्याद लम्ब्याउनु निर्लज्ज अभ्यास (भिडिओ) – Nepal Press

लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै, संसदको म्याद लम्ब्याउनु निर्लज्ज अभ्यास (भिडिओ)

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् ।

चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् ।

नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष लिङ्देनले आज सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने बताए ।

लिङ्देनले भने, ‘निर्वाचनको मिति घोषणापछि चुनावी सरकार गठन गर्नुपर्ने हो । यो सरकारले निष्पक्ष चुनाव गर्ने ग्यारेन्टी छैन । त्यसमाथि संसदको म्याद फागुनसम्म लैजानेगरी जसरी कानून नै संशोधन गर्न खोजिदैछ त्यो निर्लज्ज कुरा हो । मैले एक्लै रोक्न सक्दिन,त्यसैले राजीनामा दिने निष्कर्षमा पुगेको हुँ ।’

सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “लिङ्देनले सांसद पदबाट राजीनामा दिँदै, संसदको म्याद लम्ब्याउनु निर्लज्ज अभ्यास (भिडिओ)

  1. फागुन सम्म लैजान को कारण निर्वाचन मा तलमाथी हुने सम्भावना लाई मध्यनजर गर्दै गरिएको प्रष्ट देखिन्छ।लिङ्देन ज्यु ले जे गर्नु भएको छ स्वागत योग्य छ।

  2. यो राजनैतिक अराजकता,राजनैतिक सिन्डिकेट,लोकतन्त्र,आवधिक निर्बाचन प्रणाली र संसदमाथिको भद्दा मजाक मात्रै हो। निर्बाचन घोषणापछि संसद स्वोत्त सकियर सरकार काम चलाउ हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर