प्रेस युनियनलाई १० लाख दिने निर्णय खारेजीको मागसहित हेटौँडामा राप्रपाको प्रदर्शन – Nepal Press

प्रेस युनियनलाई १० लाख दिने निर्णय खारेजीको मागसहित हेटौँडामा राप्रपाको प्रदर्शन

हेटौँडा । प्रेस युनियनलाई १० लाख दिने हेटौँडा उपमहानगरपालिकाको निर्णयविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । गत साउन ६ र ७ मा हेटौँडामा भएको युनियनको ९औँ महाधिवेशनको खर्चस्वरूप उपमहानगरले १० लाख दिने निर्णय गरेको थियो ।

राप्रपाले शुक्रबार र्‍यालीसहित निर्णय खारेजीको माग लिएर उपमहानगरको कार्यालयअगाडि विरोध गरेका छन् ।

विकास बजेट पार्टीको भ्रातृ संगठनको अधिवेशन खर्च दिनु गैरजिम्मेवार काम भएको भन्दै आफूहरूले निर्णय सच्याउन ध्यानाकर्षण गराएको राप्रपा मकवानपुरका जिल्ला सदस्य एवम् युवा नेता सम्राट सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर