मदन भण्डारीको काखमा को हुन् यी चेली ? हेर्नुस् सालिकसँग खिचिएका विश्वका रमाइला तस्बिर – Nepal Press

मदन भण्डारीको काखमा को हुन् यी चेली ? हेर्नुस् सालिकसँग खिचिएका विश्वका रमाइला तस्बिर

काठमाडौं । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल छ, जहाँ एक महिला जननेता मदन भण्डारीको सालिकसँग देखिएकी छन् । महापुरुषहरूको सालिकमा फोटोसेसन गर्नु कुनै नौलो कुरा होइन । तर, महिला जुन आसनमा छिन्, त्यसलाई लिएर रमाइला टिकाटिप्पणी भइरहेका छन् ।

कोटेश्वरको महादेवस्थानमा बनेको छ मदन भण्डारी पार्क । सोही पार्कभित्र मदन भण्डारी उपरखुट्टी लगाएर बसिरहेको सालिक छ । सारी-चोलोमा सजिएकी र हातमा ब्यागसमेत बोकेकी महिलाले सोही सालिकको काखमा आरामसँग बसेको पोज दिएकाे देखिन्छ । उनी को हुन् र तस्बिर वास्तविक हाे हाेइन भन्ने खुलेकाे छैन ।

नेपाल सरकारको तीन करोड २२ लाख रूपैयाँको लागतमा मदन भण्डारी वाटिका निर्माण भएको थियो । २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो बाटिकाको उद्घाटन गरेका थिए । गत जेठ २८ गते ओलीपत्नी राधिका र काठमाडौंकी उपमेयर सुनिता डंगोलसहित सो वाटिका अवलोकनमा पुगेका थिए । उनले केहीबेर त्यहाँ क्यारेमबोर्डसमेत खेलेका थिए ।

यही मदन भण्डारी बाटिकाभित्र पुगेर ती महिलाले फोटोसेसन गरेकी हुन् । धेरैले उनको फोटोलाई अमर्यादित भन्दै आलोचना गरेका छन् । कसैले चाहिँ रमाइलोरूपमा लिएका छन् । यो फोटो फोटोसप गरिएको हुनसक्ने पनि आशंका कतिपयकाे छ ।

सालिकसँग फोटोसेसन

सालिकसँग रमाइलो फोटोसेसन गर्ने ट्रेन्ड संसारभरि नै व्याप्त छ । यस्ता केही तस्बिरहरूले तपाईंलाई पेट मिचिमिची हँसाउँछन् । केही तस्बिरले चाहिँ विवाद पनि निम्त्याउने गरेका छ्न् ।

हेर्नुस् इन्टरनेटमा भेटिने केही भाइरल तस्बिरः

 


प्रतिक्रिया

One thought on “मदन भण्डारीको काखमा को हुन् यी चेली ? हेर्नुस् सालिकसँग खिचिएका विश्वका रमाइला तस्बिर

  1. यस्तो अमर्यादित हरकत कुनै अनुसासन नभएका हरुले नै गर्न सक्छ । सम्मान गर्न पर्ने ठाउमा यस्तो अभद्र वेवाहार छि छि । सरम मर्यादा अनुसासन हराएको नारी पनि हुदा रहेछन हाम्रो देशमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर