आज गणेश चतुर्थी, कमलादीमा दर्शनार्थीको भीड (तस्बिरहरु/भिडिओ) – Nepal Press

आज गणेश चतुर्थी, कमलादीमा दर्शनार्थीको भीड (तस्बिरहरु/भिडिओ)

काठमाडौं । आज गणेश चतुर्थी । भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ ।

नेपालमा पनि विभिन्न गणेश मन्दिरहरुमा आज मेला लाग्ने गर्दछ । काठमाडौंको कमलादीस्थित गणेशस्थानमा पनि विशेष पूजा आराधना गर्ने भक्तजनहरुको भीड लागेको छ ।

गणेश भगवानलाई मनपर्ने मिठाइ लड्डु र दुवो चढाएर पूजा गर्ने चलन रहेको छ । बिहानैदेखि गणेशको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस्तै हरितालिका तीजको व्रत बसेका नारीहरुले पनि आज चतुर्थी तिथीलाई गणेश चौथीको रुपमा पूजा गरेर व्रत समापन गर्ने गर्दछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *