‘प्रकाश’ हेरेपछि रविन्द्र मिश्रले भने- पहिलोपटक फिल्म हेरेर रोएँ – Nepal Press

‘प्रकाश’ हेरेपछि रविन्द्र मिश्रले भने- पहिलोपटक फिल्म हेरेर रोएँ

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ हेरेपछि फिल्म हेरेर पहिलोपटक रोएको बताएका छन् ।

मिश्रले आजसम्म आफूले अनेक स्वदेशी र विदेशी सिनेमा हेर्दा आँसु नझरेको तर ‘प्रकाश’ले हलमा रुवाएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत बताएका छन् ।

उनले आज श्रीमतीसहित प्रकाश हेरेका थिए । मिश्रले आफू काठमाडौंमा जन्मिएको भए पनि आधा स्कुले जीवन सुदूरपश्चिममा टुकी बालेर पढेको स्मरण गर्दै फिल्ममा देखाइएका दृष्यहरुले आफ्नो भावनालाई छोएर रुन आएको हुनसक्ने बताए ।

तर ‘प्रकाश’ले आफ्ना भावनाहरुसँग तादाम्यता राख्नेभन्दा  बढी सन्देश बोकेको मिश्रले बताए ।

उनले शहरिया परिवोशमा रहेर गाउँ नदेखेकाहरु छोराछोरीहरुलाई प्रकाश फिल्म देखाउन आग्रह पनि गरेका छन् ।

‘शहरमा हुर्केका–बढेका, कर्णाली (र सुदूर पश्चिम) कहिल्यै नदेखेका, र मौका पाउँदा शहरतिरबाटै विदेश उड्ने, छोराछोरीलाई एक पटक आफैँसँग लिएर गएर ‘प्रकाश’ देखाउन सबै बुबाआमालाई आग्रह गर्दछु’, उनले लेखेका छन्, ‘गरिवी, माओवादी द्वन्द्व, समाज/शिक्षाको चरम राजनीतिकरण र एउटा असल युवाको सरकारी शिक्षक बन्ने सपनाको दुखान्त समिश्रण हो – प्रकाश ।’

त्यस्तै, सिनेमाका कलाकारहरुको अभिनय, निर्देशन सबै अब्बल भएको बताउँदै मिश्रले प्रकाश नहेरको भए पछुतो हुने समेत जिकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *